ब्लाष्टखबर । धरानका समाजसेवी राजनीतिकर्मी तथा राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ लिम्बुको निधन भएकाे छ । काेराेना संक्रमित ९२ वर्षीय लिम्बुको निधन भएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताएका छन्  ।

स्वास्थमा समस्या देखिएका कारण आइतबार उपचारका लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका उनकाे पिसिअार परिक्षण गराएका थिए । आइतबार नै घर फर्केका उनमा सोमबार कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनकाे आज बिहान निधन भएकाे वडाध्यक्ष राईले बताएका हुन्  ।

पाँचथरको इम्बुङमा जन्मिएका लिम्बु भुपू ब्रिटिश गोर्खा सैनिक पनि हुन् । ब्रिटिश गोर्खा सैनिकमा सेवारत हुँदै सात सालदेखि नेपाली कांग्रेसमा आवद्ध भइ ०४६ सालसम्म विभिन्न पदमा रहेर पञ्चायती व्यवस्थाविरुद्ध लड्न सक्रिय भूमिका खेलेका उनी ०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बनेका थिए । 

लिम्बुले विभिन्न समयमा पार्टी परिवर्तन गरि जनमुक्ति, माओवादी हुदै पुनः कांग्रेसमा नै फर्किएका थिए ।  राजनीति संगसंगै समाजसेवामा पनि सक्रिय उनी समाजसेवीकोरुपमा पनि परिचित छन् ।