ब्लाष्टखबर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा भुटानी शरणार्थी सहित २ जनाकाे मृत्यु भएकाे छ । 

आज  बिहान दमक नगरपालिका  ३ बेलगाँडी शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थी ६५ वर्षीय वृद्ध र इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धाकाे मृत्यु भएकाे अस्पतालका प्रबन्धक नारायण दहालले बताएका छन् ।

दाहालका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भइ साेहि दिन अस्पताल भर्ना भइ आईसीयूमामा उपचाररत भुटानी शरणार्थी वृद्धकाे बिहान मृत्यु भएको हाे ।

यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना भएकी इलामकी वृद्धाको पनि बिहान २ बजेतिर मृत्यु भएको अस्पतालले जनाएकाे छ । 

उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा वार्डमा राखेर उपचार सुरु गरेकाे केही समयमा उनकाे मृत्यु भएको दाहालले बताए।

दहालका अनुसार मृतक दुबै जना दमका दिर्घ राेगी हुन् ।