ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास विज्ञान प्रतिष्ठानमा धरान र इटहरीका २ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूमा धरान १ का ६१ वर्षीय महिला र इटहरी ६ की ९ वर्षीय बालीका रहेकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन् ।  

श्रेष्ठका अनुसार धरान १ का ६१ वर्षीय महिलामा असोज ३० गते कोरोना सङ्क्रमण पुष्टि भएकाे थियाे । कार्तिक ५ गते प्रतिष्ठानकाे कोभिड अस्पतालमा भर्ना गरिए उपचाररत उनकाे आज बिहान ३ : १५ बजे मृत्यु भएको हाे । 

त्यस्तै, कार्तिक १७ गते कोरोना सङ्क्रमण पुष्टि भएइ १८ गते कोभिड अस्पतालमा भर्ना गरिएकाे इटहरीकी  बालिकाको पनि आज बिहान ३ : २५ बजे मृत्यु भएको हाे ।