धरान । धरान–९ की कोरोना संक्रमित महिलाको निधन भएको छ । कात्तिक ५ गते कोरोना पोजेटिभ देखिएकी ६१ वर्षीया महिलाको ज्यान गएको हो ।

उनलाई श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि आजै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई दीर्घ तथा अन्य कुनै पनि रोग नरहेको प्रतिष्ठानले जनाएको छ । उनको आज अपरान्ह ४ः४५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । शवको व्यवस्थापन नियमानुसार भइरहेको छ ।