‘आ...ऽ...ऽ...ऽ ठूले यसपालिको दशैं खल्लो हुने भो ।’ उमेरले ८५ काटेका चेतबहादुरले सुस्केरा हाल्दै भने ।

सेते, विर्खमान, मरिचे र खड्गबहादुर पनि पाल्धारो अगाडिको देउरालीमा रहेको पिपलको फेदमुनिको चौतारोमा गफिदैँ थिए ।

‘हैन हउ.... जेठा बा, गाउँमा त कोही नै पो नआउने भए त होउ ।’ मरिचेले थप्यो ।

‘यो कोरोनाले गाउँ सुन्ने बनायो ।’ सेते बोल्यो

पिपलडाँडा गाउँको तिर्थ, विश्राम स्थल, बजार, मेला, अदालत, जे भने पनि देउराली नै हो । पानीको पँधेरो, घट्ट, साइला साहुको दोकान देखी चिन्तामणिको चिया पसल सम्म रहको देउलीमा फराकिलो चौरीको सिरानमा दुईवटा पिपलको रुख छन् । त्यही पिपलको रुखमनु तीन वटा चौतारा छन् ।

पँधेराको दाहिने तिर देविथान र देब्राे तिर मस्टो देउको थपना रहेको छ ।

गाउँका न्ययधिस भनै वा पुजारी, धामी, जैसी, बैद्य चेतबहादुर नै हुन् । गाउँको विवाद मिलाउने देखी लिएर अछेता फुकेर सिमे भुमे भगाउने  चेतबहादुर मस्टो देउ र देविथानको पुजारी पनि उनै हुन्।

उमेरले गाउँको पाको चेतबहादुरलाई गाउँलेहरुले ‘जेठा बा’ भनेर सम्बोधान गर्छ ।

घटस्थापनामा जेठाबाले मस्टो देउलाई पुजा गरेर देबिथानमा जमरा राखेपछि गाउँमा दशैं भित्रिन्छ । देउरालीमा मेला लाग्छ, चौरमा लिङ्गेपङि र रेटेपिङ् थापिन्छ । चौतारामा लङ्गुर बुर्जा, जुवा र तासका खाल बस्छन् ।

नबरात्री सुरु भए देखीनै देवीथान अगाडीको चौरारामा गाउँका पाकाहरु शुभ साइत हेर्न पात्रो पल्टाउ व्यस्त हुन्थे । कालारात्री पुजा, दुर्गा स्थापना र विर्सजन, टिकाको शुभ साइत र शुभ दिशा ठ्याक्कै समयमै गरिनुुपर्छ भन्ने सेते दुर्गा स्लक गाउन भालेको डाकमा चौतारो आइपुग्थे ।

चौतारामा दिन भर कस्को घरमा कत्रो खसी भन्दै खड्गबहादुर, मरिचो र गाउँका पाकाहरु गफिन्थे । ठिटाठिटी रोटेपिङ र लिङ्गेपिङमा झुम्मिन्थे ।

केटाकेटीहरु पाल्धारा अगाडीको गोरेटोमा ओहोर दोहोर गर्थे । कस्ले कस्तो लुगा किन्यो । कसको दक्षिण कती । भन्दै हिसाब गरिरहेका हुन्थे ।

घर सिगार्ने, पुजाको सामान ठिक पार्ने, पानी पधेरे, घट्टा, ठिकी र जाता गाउँका छोरीमान्छेलाई यतिबेला कामको चटारो आइ पर्थ्याे ।

दशैमा नयाँ दुलहिलाई माइत पठाउन गाउँ नै लागी पर्थ्याे।

यसपाली गाउँ सुनसान छ । परदेशीहरु गाउँ आए छैनन् । गाउँमा पिङ हालीएको छैन । देउरालीमा न स्लोक गुन्जिन्छ,  न खसी गफ हुन्छ । यतिबेला देराली डाडो खुइलीएको तालु जस्तो देखिएको छ । आइमाइहरु घट्टा र पधेरामा छैनन् । देउरालीबाट देखिने गाउँका धेरै घरमा कमेरो पातिएको छैनन् ।

घटस्थापना देखी दिनै पुजा गर्न देराली धाएका जेठाबा यो देखेर बिरक्तिएका छन् । अघिल्लो बर्ष जमरा राख्न गाउँ नै जम्मा भएको देउरालीमा यो वर्ष कोरोनाको डरले कोही आएनन् ।

जमरा राख्न गाउँले देबीथान नअाएपछि खिन्न मन बनाएका जेठाबालाई फुलपाती लिन गाउँले नआएपछि देउराली उजाड लागेको छ ।

देबीथान र मस्टो देउको थानमा फुलपातीको पुजा गरेर हातको अबिर पनि नपखाली चाैतारमा गफिन थालेका उनीहरुको अनुहारको फुङ उडेको छ ।

‘दिलीपे र कैलासङ्गै आउँछाैं भन्थे । तिनेरलाई नी क्वारेन्टेनमा राखिदे छ ।’

उजाडिएको हाँसो निकाल्दै खड्गबहादुर बोल्यो । खड्गबहादुरका तीन छोरा मध्यो जेठो दिलिप र माइलो कैलास दिल्लीमा कपडा कारखानामा काम गर्छन् ।

प्रत्येक वर्ष नवरात्रीको अघिल्लो दिन नै आई पुग्ने उनिहरु कम्पनीमै कोरोना लागेर आइसोलेसनमा रहेका छन् । कमाउन गएका छोराहरु नै घर नआउने भएपछि खड्गबहादुरकी श्रमतीले घरको एक पाखा भित्तोमा कमेरो समेत लगाकी छैन ।

कोरोना महामारीले गर्दा गाउँका मानिसहरु भेला भएका छैनन् । 

पाखुरामा बल भएकाहरु सिलोङ र दिल्ली जान्छन् । ४० कटेका देखी ६५ ननाघेका सम्मका सदरमुकाममा भारी बोक्न झर्छन् । दशै र तिहार बाहेक वर्षको चार महिना गाउँ बसेपनि ८ महिना लाठे कमाउन निस्कनु पर्छ । १५ नाघेका र ७० नपुगेका छोरा मान्छे प्रायः गाउँमा नभेटिए पनि दशै र तिहारका बेला सबै घर फर्के पछि गाउँको रौनक छुट्टै हुथ्यो ।

कोरोनाका कारण एक जना पनि पर्देशी घर आएका छैनन् । केही बाटामा रोकिएका छन् । सदमुकाममा भारी बोक्न गएका समेत घर फर्कन पाएनन् । जिल्लाले निषेधाज्ञा जारि गर्यो ।

‘पच्चिस किलोको खासी होला । तै बरु, तै बरु, पूर्ने सम्ममा त सक्छु होला । दाँतले पो मेलो पाउँदैन अलि ।’

जेठाबाले पाल्धारे अगाडिको गोरेटोतिर चिहाउँदै ठट्यौली गर्न थाले । दुई छोरा बुहारी र ४ नाति नातिनाका धनी जेठाबा गाउँकै फूर्तीला पाका हुन् ।

दुबै छोरा बम्बाईको मसला कारखानामा काम गर्छ । अरु दामलीको भन्दा मनग्गे कमाउछन् । पोहोर साल उतैबाट दशैको नयाँ लुगा लिएर आएका छोरा यसपाली घटस्थापनाकै दिन आउन नसक्ने खबर दिएका थिए ।

जेठाबा २९ वर्षको हुदै गाउँले मिलेर सिङ्गै सालको रुख ढालेर बनाको बनाको रोटे पिङ् घट्टाको एक कोठामा थुप्रीएको छ ।

प्रत्येक वर्ष नवरात्रीको पहिलो दिन पिङ हालीन्यो र तिहार को तेस्रो दिन बोका ठालेर ओरालिन्यो । पोहोर साल ४ वटा पिरा फुटेकाले यसपटक नयाँ पिरा हाल्नु पर्ने थियो । भिडभाड हुने भएपछि कोरोना को जोखिम हुने भएकाले । गाउँपालिकाले जेठाबाको नाउँमा पत्रै काटेर पिङ् नहाल्न भनेको थियो ।

पाल्धाराबाट कुद्दै मरिचेकी नातिनी आइ‘ जिबा । बुवाले फेन गरेका छन् । बेल्न आउनु अरे । ’ त्यती भनेर सासै नफेरी साइला साहुको दोकानमा चकलेट किनेपछि उरालो झेरेकी नातिनिलाई पच्याउदै मरिचे ओरालो लाग्यो ।

मरिचे कुदेको देखेर जेठाबा बेले ‘ मरिचेको टुप्पी फूकेको छ । बुहारीको टिकाटालो पनि गर्न पाको छैन । कसरी टिका थाप्न पठाउँ छ ? ’
मरिचेको ३ भाई छोरो मध्यो माइलोको पाहोर भदौमा विहे गरेको थियो ।

दशैंमा नयाँ दुलहीलाई माइत पठाउन गावैँ लागी परेको थियो । बिष्टकी छोरी बुहारी बनाएर भित्र्याको मरिचेलाई दशैंमा बुहारी माइत पठाउन दोहोलो काडेको थियो । कान्छोले अस्ती बैशाखमा मात्रै सिमल गाउँकी र्हके बस्नेत कि छोरी भगाएर ल्यायो चोरको सोर समेत बुझाउन नपाइकन सुरुभएको लकडाउन दशैमा टिका थाप्न पनि जान नपाउने भए ।

‘ अस्ती भर्खरै जेठो छोरोले फोन गरेको थियो । यो वर्ष भाई बुहारी नपठाउँ भन्दै थियो भन्यो । जेठै छोरोले फोन गरेको होला । ’ जेठाबाकोे बोली नसकी खड्गबहादुर लाख काट्यो ।

‘ सिमल गाउँमा त कारोना देखिएको छ अरे हैन ?’ सेतेले जेठाबाको तिर हेर्दै भन्यो ।

‘ खै तीन जनलाई छ भन्छन् ’ जेठा बाले उत्तर दिए ।

यतिकैमा चौतारामा मलिन अनुहार बनाएर बसेका गाउँका पाकालाई परबाट नियाली रहको साइला साहु चौतारे आइपुग्यो ।

‘के भयो हाउ जेठा बा ’ साइला साउले चेतबहादुरको मलिन अनुहार नियाल्दै सोध्यो ।

पाल्धारा तिर फेर्का जेठाबालाई साइला साहुतिर फर्कदै थिए ।

विर्खमान बोल्यो ‘ के हुनु कोरोनाले दशैं सुनसान बनाको देख्दैनस् , न पिङ छ , न पुजा, न मेला, गाउँका केटा कोई नई, फूलपाती पुजा गर्न पनि कोहि आउदैन् ।’

‘ यस्तो पनि दशै हुन्छ ? ’ जेठाबाले थपे।

बर्षले चालिस पुगेका साइला साउ गाउँका पाकाको खुसी हराएको देखेर एक छिन् मैन ता साध्यो । दशैंमा गाउँको चमक हराएको देखेर उनको पनि चमक नहराएको भने पक्कै हैन । आफ्नौ पसलको अगाडी मेला लाग्दाँ अघिल्लो वर्ष दशै र तिहारमा तीस हजार दाम कामई भएको थियो । यस बर्ष त्यो आम्दानी पनि गुमेकाले अझ बढि चिन्ता थियो उसलाई ।

तर, गाउँ कोरोनाबाट यतिन्जेल मुक्त भएकोमा निक्कै खुसी थियो उ ।

‘ ठिकै छ त । गाउँमा कोरोना त छैन । सदरमुकामको हाल रेडियामा सुन्नु भको छैन ? ’ साइला साउको यस्तो कुरा सुनेर सबै जना सोच्न थाले ।
मरिचे लागेको बाटो देखाउदै साइला साउ थप्दै गए ‘

अघि देख्नु भएन ठूला बुवाले नातिनी पच्छ्याको । हामी लाठे ले त कोरोना पचाउला गाउँमा आधा भन्दा बढि बुढाबुढी र केटा केटि छन् । तिनिहरुलाई भेट्यो भने के होला ? ।’ जेठाबा तिर फर्कदै साइला साउ भन्दै गए

‘ अनि जेठा बा, जेठी आमालाई दमको विराम छ भनेका हैन ? गोविन्द दाई आउदाँ कोरोना ल्याउनु भयो भने ? मुटुरोगी नातिनी र जेठी आमालाईको हालत के होला ? ’

यति कुरा सुनेपछि विर्खमान झस्कीयो ‘ हो । कुरो त सहि गरो साइलोले । मेरा पनि घरमा विरामी छन् । अगी जेठो छोरोले फोन गरी रथ्यो । कुराकानी भकैछ । सबैलाई सन्चैछ । किन निम्त्याउनु रोग । ’

विर्खमानको कुरा सुनेर जेठाबाले एक छिन सोचेर भने ‘ हो । आउनेलाई पनि गह्रो । आइसकेपछि पनि गह्रो । ’

जेठाबाको कुरा सुनेपछि साइलासाउले फेरी थप्यो ‘ गाउँमा सारो गाह्रो हुदाँ दुई चार हजार दाम चलाएकै छु । अम्बरे र अर्जुनले फेन गरेका थिए, आउदैनै दाल चामल चलाइदे है भन्दै थे, पैसो भन्ने कुरा त्यस्तै हो ।  केटाहरु आएपछि दिहाल्छन् । गाउँमा नुन, तेल, दाल चामलको खाचो हुन दिन्न । ’

यती सुनेपछि जेठाबा उठ्दै ठट्यैली गर्दै भने ‘ दशैं त अर्को साल मनाउँदा पनि हुन्छ । म मरे भने खसी कस्ले खान्छ । म त भोली बिहानै ठाल्छु । त कैले ठाल्छस्, सेते ?

‘ म झन के कम बुढै भएपनि दात त दरा छन्, बिहानै ढालछु । ’ बहत्तर बर्षको सेतै फुलेको सेतेले फूर्ति देखाएपछि सबैजना गलल्ल हासे ।

गाउँका बुढाहरु चौतारमा उभिएर हासेको देखेर चिन्तामणी चियापसलबाट करायो ‘ किन हाँसैउ हौ । बुढा हो ?’

जेठाबाले जवाफ दिए ‘ कोरोना तँ देखी रिसाएछ । यसपाली मेला नलाग्ने भयो । तेरा चिया नबिक्ने भए ।’ सबै जना गलल्लहास्दै गाउँतिर पसे ।