धरान । सुनसरी धरान उपमहानगरपालिका–१७ साकेला थान क्षेत्रमा प्रतिबन्धित औषधि कारोबार भइरहेको सूचनाको आधारमा दुईजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१० का २४ वर्षीय अङ्कित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधि बरामद गरेको हो । प्रहरीका अनुसार फरक फरक नामका ७ सय ६० क्याप्सुल र आठ सय ट्याब्लेट गरी कुल एक हजार पाँच सय ६० क्याप्सुल बरामद गरेको हो । प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।