धरान । पाँच महिनाकी कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

मोरङ सुन्दरहरैंचा नगरपालिकाकी पाँच महिनाको संक्रमित शिशुको हिजो साँझ ज्यान गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई कात्तिक ७ गते नै कोरोना पोजेटिभ देखिएको थियो । बच्चामा ब्रेनसँग सम्बन्धित बिरामी हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथी भएको थियो ।

उपचारको क्रममा उनको बीपी प्रतिष्ठानमै ज्यान गएको हो । शिशुको शव नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।