ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या १ लाख ५ हजार ४८८ पुगेकाे छ । हाल देश भर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप १७ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ८२९ रहेको छ ।