धरान । सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमितले स्वयम् परीक्षण र उपचार खर्च गर्नुपर्ने प्रावधान अनुसार विपन्न तथा अपाङ्गको हकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मापदण्ड कायम गरेको छ ।

सरकारले विपन्न तथा अपाङ्ग, असहायको उपचार तथा परीक्षण निःशुल्क गर्ने जानकारी गराएको थियो । सोही अनुसार बीपी प्रतिष्ठानले विपन्न, असहाय र अपाङ्गको हकमा मापदण्ड बनाउँदै कोरोना संक्रमितहरूको परीक्षण तथा स्वास्थ्य उपचार निःशुल्क गरिदिने भएको हो ।

बीपी प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, ज्येष्ठ नागरिक (७० वर्ष पूरा भएको प्रमाणित नागरिकता) र प्रतिष्ठानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, नर्सलगायतलाई निःशुल्क परीक्षण गरिने विज्ञप्तिमार्फत जनाइएको छ । माथिका सबै नागरिकहरूले प्रमाण पत्र पेश गर्नुपर्ने वा स्वमय् घोषणा गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

Bp_Information