विराटनगरमा २१४ र धरानमा १०३ सहित प्रदेश १ मा आज ६३७ कोरोना संक्रमित थपिए

alt
  • कार्तिक ६, २०७७
  • ब्लाष्ट खबर

विराटनगर । प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, मोरंगको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा ३४, विताृमोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ ।

प्रदेश १ मा आज ४१८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९७ महिला र ४४० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रधानमन्त्री ओली र ...

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षब ...

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

बेल्टारमा कार्यरत प ...

ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved