ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या १  लाख २ हजार ८२० पुगेकाे छ । 

हाल देश भर ४४ हजार ८७७  जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप २१ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ८१८ रहेको छ ।