धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान १ः१० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनलाई असोज २७ गते पीसीआर परीक्षणको क्रममा कोरोना पोजेटिभ भएको थियो । अस्पतालमा भने कात्तिक ३ गते भर्ती भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनलाई उच्च रक्तचापको समस्या रहेको थियो । शवको नियमानुसार व्यवस्थापन भइरहेको छ ।