ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सुनसरीकाे गढि गाउँपालिका ४ की ५५ वर्षीय काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे  प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन्  । 

उनका अनुसार उनकाे गयराती ९ बजे मृत्यु भएकाे हाे । उच्चरक्तचापका विरामी मृतकलाई  हिजै मात्र काेराेना संक्रमण पुष्टि भइ प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । 

मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको डा.श्रेष्ठले बताए ।