ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा २ हजार १०८ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या ९६ हजार ६०१ पुगेकाे छ । 

हाल देश भर ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन् ।मंगलबार थप ८ जनाको ज्यान गएको छ । ज्यान जानेको संख्या ७६५ रहेको छ ।