बेलबारी/ जटिल रोग क्यान्सरका कारण पिडित बनेका बेलबारी ९ का रागभ राजवशीं र उमा सेढाईलाई उपचार सहयोगार्थ जापानमा बस्ने नेपाली विद्यार्थीहरुले आर्थीक सहयोग गरेका छन् ।
आर्थीक अवस्था कमजोर भएका बेलबारी ९ का रागभ राजबशी (फुपा) लिभर क्यान्सरका कारण थलापरेपछि आर्थीक सहयोगका लागि अपिल गरिरहेका छन् । उनको अपिल सञ्चारमाध्यममा आएपछि सोहि ठाँउका हाल जापानमा अध्यानरत जापान क्युसि क्षेत्रका नेपाली सम्पर्क मञ्चका सहसचिव समेत रहेका अर्जुन कटुवाल आफ्नै सकृयतामा ३ लाख २० हजार नेपाली रकम रागभ राजबशी (फुपा) र उमा सेढाईको उपचार सहयोगार्थ रकम पठाएका हुन् ।
जामानमा रहेका नेपाली विद्यार्थीहरु संग संकलीत रकम मंगलबार पिडितका परिवारलाई हस्तान्तरण गरिएको हो । रागभको परिवारलाई एक लाख र उमाको परिवारलाई २ लाख बिस हजार सहयोग गरिएको नेपाली कांग्रेस बेलबारी ९ नम्बर वडा सभापति शालिग्राम बस्नेतले बताए ।
बस्नेत लगायत नेकपाका वडा संयोजक राजेन राई र जापान बाट पैसा संकलन गरेर पठाउने विद्यार्थीका अबिभावकले संयुक्त रुपमा उक्त रकम क्यान्सर पिडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।