मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा विभिन्न सञ्चार माध्यममा (आवद्ध)कार्यररत संञ्चारकर्मीहरुको संस्था मिक्लाजुङ सञ्चार क्लब गठन भएको छ । बिगत लामो समय देखी मिक्लाजुङई कर्म थलो बनाई समाचार सम्प्रेषगण गर्दै आएका सञ्चारकर्मी सन्तोष गौतमकोे अध्यक्षमा शनिबार ११ सदस्यिय कार्य समिति सर्वसम्मत चयन भएका छन् ।
मिक्लाजुङ गाउँपालिकाको सभाहलमा शनिबार भएको भेलाले पत्रकार गौतमलाई सर्वसम्मत चयन गरेको हो । एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गौतम ब्लाष्ट टाइम्स मधुमल्लाको समाचारदाता हुन् । त्यस्तै, उपाध्यक्षमा गंगा लामा, महाँसचिबमा युवराज दाहाल, सचिबमा प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा सुष्मा नेपाली चयन भएका छन् । त्यस्तै, सदस्यमा टिका शिवा, चन्द्र लकान्द्री, खगेन्द्र चौहान, महेन्द्र थेगिम, लभसिंह श्रेष्ठ र देव राई रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले पछिल्लो समय सञ्चार माध्यमहरुले सकारत्मक भन्दा बढी नकारात्मक कुराहरुलाई स्थान दिने गरेको पाइएकाले त्यस्ता कार्य बाट जोगिएर पत्रकारीताको आचार संहिता र धर्म भित्र रहेकार कार्य गर्न सुझाब दिएका थिए । मिक्लाजुङका अग्रज सथै पुर्वका संगीतकर्मी विशाल राईको अध्यक्षतामा भएको भेलामा सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेत, सल्लाहकार नवराज भट्टराईलगायतले बोलेका थिए ।