ब्लाष्टखबर । झापा स्थित दमक नगठरपालिकाका नगरप्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका सेवा आजबाट ४ दिन का लागी बन्द भएकाे छ । 

नगर प्रमुख रोमनाथ ओली र वडा नम्बर १० का जनप्रतिनिमा काेराेना संक्रमण पुष्टि भएपछि नगरपालिका ४ दिनका लागि बन्द गरिएको नगर उप-प्रमुख गिता अधिकारीले बताएकी छिन् । उनका अनुसार ओलीलाई सोमबार संक्रमण पुष्टि भएकाे थियाे । ओली संगै उनकाे परिवारका अन्य २ सदस्यमा पनि संक्रमण पुष्टि भएकाे छ । 

 संक्रमण पुष्टि भएसंगै ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।