ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा धरानका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरूष रहकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

डा. श्रेषठका अनुसार काेराेना संक्रमण पुष्टि भएपछि मृतक पुरूष असाेज १२ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका थिए । उनकाे  अाज विहान  ४ :२० बजे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । 

मृतक पुरूष मधुमेहका दिर्घराेगी रहकाे  सह–प्रवक्ता डा.  श्रेष्ठले जनाएका छन् ।