ब्लाष्टखबर ।  धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा इनरूवाकी  एक काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा इनरूवा ४ की २८ वर्षीय महिला रहकाे प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् । 

उनका अनुसार असाेज ८ गते काेराेना संक्रमण पुष्टि भइ प्रतिष्ठानकाे काेभिड –१९ अस्पतालमा उपचाररत ति महिलाकाेआज बिहान ४ : ३० मा मृत्यु भएकाे हाे । मृतक महिलामा कुनैपनि दिर्घराेग नदेखिएकाे डा. श्रेष्ठले बताएका छन् ।