ब्लाष्टखबर । धरान उपमहानगरपालिकामा थप ६१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । मेहताका अनुसार संक्रमितहरूमध्याे  उपमहानगरपालिकामा कार्यरत इञ्जिनियर, आर्थिक विकास माहाशाखा, कृषि शाखा लगायतका करिब ७ जना कर्मचारी रहेका छन्, त्यस्तै, वडा नम्बर  २ र १२ का जनप्रतिनिधि पनि रहेका छन् । 

२५ महिला र ३६ परूष संक्रमित हर मध्ये गत बिहिबार इन्फा क्वाेन्टाइनमा स्वाब संकलन गरिएका १ सय २६ जना मध्ये ४२ जना र आफै गएर बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएका १९ जना रहेका मेहताले बताएका छन् । शुक्रबार रिपाेर्ट आएकाले  आज बिहान उपमहानगरमा भेला कन्ट्याक ट्रेसिङकाे गरिने मेहताले बताएका छन् ।

संक्रमित हुनेहरूमा ६ वर्षिय बालिका देखी ८९ वृद्ध समेत रहेका छन् ।