धरान । भोजपुरको आमचोक–६ देवानटारका प्रदिप राईको उपचारका लागि आमचोक सरोकर समाज सुसनरीको पहलमा २० हजार नगद सहयोग जुटाइएको छ । एक साता अघि उनले काम गर्ने ट्याक्टरबाट आमचोकस्थित युँमा लडेर प्रदिपको देव्रे हातको दुई वटा हड्डी भाचिएको थियो ।
उनको धरानस्थित विजयपुर हस्पिटलमा उपचार भइरहेको छ । अपरेसन गरेर उपचार गर्नु परेकाले एक लाखभन्दा बढि खर्च लाग्ने अस्पतालले जनाएको छ । उनको उपचारमा आर्थिक अभाव भए पछि समाजका अध्यक्ष राजेन्द्र राई र उपाध्यक्ष देवराज राईको सकृयतामा नगद २० हजार संकलन गरि शुक्रबार पीडितलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।