मोरङ । मोरङ धनपालथान गाउँपालिकामा रूखकाे हागाेले लागेर बालककाे मृत्यु भएकाे छ ।

गाउँपालिका  ३ स्थित चेकाटाेलमा काका सुनिल ऋषिदेबले जंगलबाट ल्याएकाे   हांगा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका ६ बर्षीय बालक बसिकरण ऋषिदेबलाई लाग्दा घाईते भएका थिए । उनकाे उपचारकाे क्रममा कर्सिया अस्पतालमा मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । 

घटना पछि मृतकका काका फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।