सिरहा । नेविसंघ(सिटिईभीटी) प्रदेश नं. २ का (अध्यक्ष)र समाजसेवी युवा नेता इन्द्रजीत गोइत र नेविसंघका युवा नेता शंकर यादब,सिरहा युनाइटेसद्धारा संचालित फुड बैकमा विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छ्न ।

कोरोना भाइरस नियन्त्रणका लागि सिरहामा लकडाउनको घोषणा गरेपछि लकडाउनका कारण समस्यामा परेकाहरुका लागि सिरहामा फुड बैंक स्थापना गरिएको छ । सोहि फुड बैंकमा गोइत र यादब खाद्यान्न सामग्री प्रदान गरेको हो ।

फूड बैंकमा आफूसँग हुने र अरुलाई सहयोग गर्न चाहनेले दिएर जान्छन भने आवश्यक भएकाहरुले लिएर जाने गर्दछन् । फूड बैँक स्थापना भएपछि विभिन्न दाताहरुले पनि सहयोग गर्दै आइरहेका अझै सहयोगको हात बढ्ने आशा रहेको युवा नेता गोइतले बताए ।