जनकपुरधाम / कोरोना संक्रमणबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको उनको परिवारले जनाएका छन् ।

गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । १५ दिनअघि कोरोना संक्रमण पुष्टि भए पछि गिरीलाई केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

निमोनिया, झाडापखारा र श्वासप्रश्वासमा समस्या भएका कारण उनको मृत्यु भएको हो ।
गिरी २०४२ सालमा जनकपुरको मेयर थिए । हाल जनकपुरधामको मिल्स एरियास्थित होटल रामा स)चालन गरेर बसेका थिए ।