विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोट अनुसार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरानो संक्रमण पुष्टि भएको कुसुमले बुधबार साढे ११ बजे सामाजिक संञ्जालमार्फत जानकारी गराएकी छिन् । ‘कोभिडि १९ महामामारीबाट अछुत रहन सकिन् । २४ साउनमा परीक्षण गर्न दिएको स्वाबको रिपोट आज आयो ।

नयन जि र म सँग एक हप्ता भित्र सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभाव सेचत र सजग रहनुहोला,’ उनले फेशबुकमा स्टाटसमा लेखेकि छिन् ।
धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आएकी छिन् । प्रदेशसभामा सदस्यमा कोरोना संक्रमण

देखिएको पहिलो घटना हो । यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उजको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताइन् । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गरिन् ।