विराटनगर । विराटनगरमा बिहीबार २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा बिहीबार ११ जना पुरूष र १० जना महिलालाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरू विराटनगर–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु बिराटनगर ५ र ९ नम्बर वडाका पुरुष हुन ।

मन्त्रालयका अनुसार बिहीबार ५१ पुरूष र १५ जना महिला गरी  प्रदेश १ मा जम्मा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

ती मध्ये मोरङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बेलबारी नगरपालिका भित्र २ पुरूष र रङ्गेली नगरपालिका भित्र १ जना पुरूषमा संक्रमण देखिएको हो । 

यस्तै, सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिका भित्र ११ पुरूष र ३ महिला गरि १४ जनालाई संक्रमण देखिएको हो । इटहरीमा ४ पुरुष र १ महिलामा संक्रमण देखिएको छ । झापाको मेची नगरपालिका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इलाम नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।