• बसन्त लिम्बू

ताप्लेजुङ /  खोलाले बगाउँदा ताप्लेजुङ एक महिलाको मृत्यू भएको छ । मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ्की ५३ वर्षीय मनमाया साँवा लिम्बूलाई आइतवार विहान स्थानिय तावाखोलाले बगाएको हो । नाल्बु जान्छु भनि घरबाट हिँडेकी मनमायालाई तावाखोलाले बगाएर करिव एक सय मिटर तल बगाएर पुर्याएको अवस्थामा मृत फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानियले खवर गरेलगत्तै ईलाका प्रहरी कार्यालय दोभानको प्रहरी टोली घटनास्थलमा गई कानुनी प्रक्रिया पुरा गरेको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको डिएसपी श्रेष्ठले बताए ।