विराटनगर / झी पुचः विराटनगरले प्रत्येक वर्ष निकाल्दै आएको सामूहिक गाईजात्रा तथा अन्य विभिन्न सांस्कृतिक कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट बच्न यस वर्षको सामूहिक गाईजात्रा, लाखे नाच र अन्य कार्यक्रम पनि नगर्ने निर्णाय गरेको हो ।
झी पुचः विराटनगरले हरेक साल भदौ कृष्ण प्रतिपदाका दिन असामयिक निधन भएको परिवारजनहरूको घरबाट झाँकीसहितको विराटनगरमा बृहत् गाईजात्रा निकाल्दै आएको थियो । कोरोनाको कारण यस वर्ष टोल–टोलमा पुगेर प्रदर्शन गरिने लाखे नाच पनि यस वर्ष नगर्ने निर्णय गरेको झी पुचः विराटनगरका वरिष्ठ उपाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार साउन १९ गते श्रवण शुक्ल पूर्णिमाको दिन ‘लाखे ख्वापा पूजा’ झी पुचः विराटनगरको प्राङ्गणमा गरिने बताए ।