धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको ४३ औं संचालक परीषद्को बैठकको निर्णयलाई कार्यन्वय शुरु गरेको छ ।
केही महिना अघि बैठकले सरकारले वृद्धि गरेको तलव प्रतिष्ठानको आन्तरिक श्रोतबाट सबै शिक्षक, चिकित्सक कर्मचारीहरुको २० प्रतिशत तलव उपलब्द गराउने निर्णय गरेको थियो ।
गत चैतमा नियुक्त भएका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले हिजो सर्कुलर जारी गदैं साउन १ गतेदेखि बढेको तलव खुवाउने बताएका छन् ।
उपकुलपतिद्वारा जारी सर्कुलर अनुसार श्रेणी विहीनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बसिक लतवमानमा २० प्रतिशत, अधिकृतस्तरदेखि डेपुटी रजिष्टारसम्मका कर्मचारीहरुको १५ प्रतिशत र सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलवमा १० प्रतिशत वृद्धि गरिने उल्लेख छ ।

श्रेणीविहीन कर्मचारीका लागि भने यही असार १५ गतेदेखि ने बढेको तलव उपलब्द गराउने निर्णय भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
वीपी प्रतिष्ठानमा विगत ५ बर्षदेखि सरकारले बढेको तलव खुवाउन सकेको थिएन । ५ बर्षपछि सिनेट बैठकको निर्णय अनुसार नयाँ उपकुलपतिले बढेको तलव खुवाउन लागेका हुन ।