- मिकाइल आलम
भण्टाबारी । कोशी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लौकहीमा बुधबार एक कार्यक्रम गर्दै कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले ४५ करोड ८२ लाख ५३ हजार बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।
वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपाध्यक्ष यादवले आगामी वर्षका लागि कोशी गाउँपालीकाले कृषि,शिक्षा,स्वास्थ्य तथा पूर्वाधार विकास प्राथमिकता राखेको जानकारी दिइन् । नेपालसहित विश्व हाल कोरोना भाइरसबाट लडिरहेको विषम परिस्थितिबाट गुज्रिरहेको हुँदा गाउँबासीको जीवन रक्षा गर्न ूसचेत रहौं,आफू बचौं र अरुलाई पनि बचाऔंू कार्यक्रम तय गरी स्वास्थ्यकर्मी तथा स्वयंसेविका परिचालन गर्दै सचेतिकरण कार्यक्रम गर्दै आएको र आगामी दिन निरन्तरता दिने योजना रहेको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।
यसैगरी २०६५ सालमा कोशीको बाढीले उर्वर खेतीयोग्य जग्गा हुँदा किसानलाई आत्मनिर्भर बनाउन तथा त्यस्तो जग्गामा तरकारी र फलफूल खेतीलाई प्रोत्साहन गर्ने निति लिएको उनले बताए । कोशी गाउँपालीकाले कृषिमा पालीकालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान दिनुका साथै उत्कृष्ट कृषकलाई सम्मान गर्ने नीति लिएको छ । प्रत्येक वडामा एक उत्पादन पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्नेदेखि लिएर विभिन्न क्षेत्रमा कृषि पाठशाला संचालन गर्ने अध्यक्ष अन्सारीको भनाइ छ । त्यसैगरी व्यावसायिक भैंसी पालक किसान रहेको क्षेत्रलाई भैंसीको जोनको रूपमा विकास गर्दै भैंसी जोन विकासका लागि प्रोत्साहन गर्ने बताएको छ ।
वडा वडामा गौरव योजना
ूगाउँमा पर्याप्त भौतिक पूर्वाधार, कृषि,पर्यटन र उद्योग समृद्धिको आधारू भन्ने नारा अनुरोध कोशी गाउँपालीकाले गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युम्पाइप सहित ग्राभेल सडकमा स्तरउन्नति गरिने नीति लिएको छ । त्यसैगरी ूएक वडा एक गौरव योजनाू कार्यक्रम अन्तर्गत प्रत्येक वडामा कम्तिमा १ करोड लागतको एक योजना पहिचान गरी कार्यान्वयन गर्ने जनाएको छ । ूएक वडामा एक खेल मैदान ू को अवधारणाअनुसार गाउँपालीका क्षेत्रमा रहेका ऐलानी सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने निति लिएको छ ।
वार्षिक कर छुट
कोशी गाउँपालीकाले निति तथा कार्यक्रम प्रस्तुत गर्दै लकडाउन अवधिभरको वार्षिक पेशा व्यवसाय कर र घरवहाल कर छुट दिइने बताएको छ । त्यसैगरी अपाङ्ग, अशक्त,दैवीप्रकोप पीडित, लोपोन्मुख जाति र जेष्ठ नागरिकलाई नागरिकता सिफारिस यसपटक समेत निशुल्क गरिने भएको छ । वार्षिक रूपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने भएको छ ।
जनतासँग स्थानीय सरकार
कोशी गाउँपालीकाले महिनामा एकपटक ८ वटै वडामा 'जनतासँग स्थानीय सरकार' कार्यक्रम गर्ने भएको छ । त्यसरी संवाद गर्दा सर्वसाधारणको गुनासाहरुका साथै सल्लाह सुझाव समेत पाइने भएकोले थप जिम्मेवार भएर काम गर्न मद्दत पुग्ने हेतुले ूजनतासँग स्थानीय सरकारू भन्ने कार्यक्रम ल्याएको अध्यक्ष अन्सारीको कथन छ ।
यसैगरी कोशी गाउँपालिकाले महिला सशक्तीकरण गर्नुमा जोड दिनुका साथै शिक्षा र समाजिक विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको छ ।