मोरङ / मोरङ मिक्लाजुङ गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हिजो बुधबार छैटौं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सरला राइले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिन । यस आर्थिक बर्षका लागि मिक्लाजुङ गाउँपालिको कुल बजेट ४९ कारोड २३ लाख चार हजार रुपैया बराबरको अनुमानीत आयको विवरण बजेट गाउँपालिका उपाध्यक्ष सरला राईले प्रस्तुत गरिने ।
कार्यक्रमको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवप्रसाद आचार्यले गरे ।
कुल बजेटमा संघीय वित्तीय समानिकरण अनुदान बापत रु १० करोड ९४ लाख, राजस्व बाँडफाड रु आठ करोड १३ हजार नौ सय १४, प्रदेश सरकार बाट प्राप्त समानीकरण अनुदान ७१ लाख ७६ हजार, प्रदेश सरकार बाट प्राप्त राजश्व बाँडफाँड तर्फ सवारी साधन कर बाट राजस्व ४६ लाख ८८ हजार र आन्तरीक आय स्रोत अनुमानीत रकम सात करोड १६ लाख दुई हजार ८६, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान रु २० करोड ७६ लाख र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान एक करोड १८ लाख चार हजार गरी कुल ४९ करोड २३ लाख चार हजार बराबरको आय अनुमान प्रस्तुत गरेको हो ।
यस बर्षको नीति तथा कार्यक्रमहरुमा गाउँपालिकाले कोभिड १९ बाट सिर्जित भएको र हुन सक्ने संकटको व्यवस्थापन, कृषीमा व्यवसायिकीकरण, साथै उत्पादनमा आधारीत अनुदान, भौतिक पूर्वाधार नीति, वातावरण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, विद्युत तथा बैकल्पिक उर्जा, आर्थिक प्रशासन तथा राजस्व परिचालन, शिक्षा, युवा खेलकुद तथा स्वरोजगार, स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशु पन्छी विकास, भूमि तथा जलस्रोत, सहकारी गरिबी न्यूनीकरण तथा उद्यमशिलता, पर्यटन तथा संस्कृति, सुशासन तथा संस्थागत क्षमता विकास , साझेदार निकायहरुसंग सहकार्य, उद्योग, खानी तथा खनिज र लक्षित समूह विकास लगायतका नीति तथा कार्यक्रमहरु रहेका छन ।
साथै मिक्लाजुङ गाउँपालिकाको छैटौं गाउँ सभामा आर्थिक विधेयक २०७७, बिनियोजन विधेयक २०७७ र न्यायिक समिति प्रतिवेदन उपाध्यक्ष सरला राइले प्रस्तुत गरिन । त्यस्तै गाउँ जोखिम न्यूनीकरण विधेयक विपद् व्यवस्थापन समिति संयोजक श्शिलराज चौहानले र शिक्षा विधेयक २०७६ संशोधन सामाजिक विकाश समिति संयोजक बुद्धिलाल निरौलाले प्रस्तुत गरे ।
।
































