भद्रपुर /  केही दिन यताबाट कोभिड १९ को इपिसेन्टर बनेको भारतको सीमामा रहेको झापाको कचनकवलमा  १ नम्बर प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर पुगेकीछन् । 
विराटनगरबाट शनिबार विहान कचनकवल पुगेकी राज्यमन्त्री गजमेरले सीमाबाट भित्रिने नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने, उनीहरुलाई उचित खाने बस्ने सुविधा दिने र कोरोना परीक्षण गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताइन् ।

लक्ष्मीप्रसाद देवकोटा मावि क्वारेन्टाइनमा बस्नेका लागि १०० थान स्यानिटाइजर र ५०० थान मास्क समेत उपलब्द गराएकीछन् । यस्तै स्वास्थ्यकर्मीका लागि २० सेट पीपीई र ३ थान थर्मोमिटर गन दिएकी छन् । 

उनले नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई झापाका पत्रकारहरुका लागि १०० थान एन ९५ मास्क  उपलब्ध गराएकी थिइन् । भौतिक दूरी कायम गर्दै मन्त्री गजमेरले क्वारेन्टाइनको निरीक्षण गरेकी थिइन् भने प्रदेश सांसद् बसन्त बानियाँलगायत स्थानीय जनप्रतिनिधिहरुले कचनकबलमा कोरोनाका कारण उत्पन्न समस्या बारेमा जानकारी दिएका थिए ।

 सो क्षेत्रमा भारतबाट आएका करिब २५० जना नेपालीमध्ये हालसम्म ३३ जनामा कोरोना सङ्क्रमण देखा परिसकेको छ भने अन्यको परीक्षण जारी छ । पूर्वाधार विना नै मानिस भित्र्याउँदा क्वारेन्टाइनको क्षमता भन्दा बढी मानिस भएकोले सङ्क्रमण जो कोहीलाई पनि सर्ने सम्भावना देखिएको छ । क्वारेन्टाइन लगायत अन्य पूर्वाधार व्यवस्थित नभएका कारण जोखिम बढ्दै गइरहेको छ । 

याे पनि 

होचो पर्यटकीय पालिका कचनकवल यसरी बन्यो ‘इपिसेन्टर’