धरान / नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला संक्रमितमा बाँकेका ३२ वर्षीय पुरुष र ४२ वर्षीया महिला तथा कपिलवस्तुका १९ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ४५७ पुगेको छ । हालसम्म ३८ हजार ७४० जनामा परीक्षण गर्दा ४५७ जनामा पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार २५ हजार ३० जना क्वारेन्टाइनमा छ । ४०१ जना आइसोलेसनमा रहेका छन् । हालसम्म देशभरी ४९ जना निको भएर घर फर्केका छन् ।