धरान / झापाका कोरोना संक्रमितहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा राखिने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले संक्रमित व्यक्तिहरुलाई धरान पठाइएको बताए ।
धरान ल्याइउदै गरेका संक्रमितहरु भारतसँग सीमाना जोडिएको कचनाकवल गाउँपालिकाका हुन् । उनीहरु भारतबाट आएर सिधै क्वारेन्टाइनमा राखिएका मध्यका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान थप १७ जना संक्रमित पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेकामध्ये १५ जना कचनकवलका धरान ल्याइएको हो ।

अपडेट

यसैविच थप पहिचान भएका ड जनालाई पनि धभरान नै ल्याइदैं छ । ४ वटा एम्बुलेन्समा उनीहरुलाई धरान ल्याइदैछ गरेको भद्रपुर समाचारदाता उत्तम नेपालले जनाएका छन् ।