धरान / झापामा ८ र रुपन्देहीमा १ जना कोरोना संक्रमित थपिए पछि नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा विहीबार पछिल्लो समयमा ९ जना संक्रमित थपिएको जानकारी दिए । झापामा आजमात्र १८ जना संक्रमित पहिचान भएको थियो ।

झापाको बचनकवलको क्वारेन्टाइनमा रहेकाहरु १७ देखि ५५ उमेर समुहका रहेका छन् । रुपन्देहीका २७ बर्षीय पुरुष हुन । प्रदेश १ मा ८४ जना संक्रमित पुगेका छन् ।