उर्लाबारी /  लकडाउनलाई प्रभावकारी पार्ने अभियान अन्तर्गत बुधबार उर्लाबारीमा जिल्ला प्रशासन कार्यालयबाट संचालन अनुमति नलिई सचालन गरिएका चार दर्जन बढी मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

उर्लाबारी नगर पालिकाको क्राईसेस म्यानेजमेन्ट सेन्टरको बैठकले अनुमति नलिई संचालन भएका मोटरसाइकलसहितका साना सवारीका कारण बजार क्षेत्रमा भिड्भाड बढेको निष्कर्ष निकाल्दै त्यस किसिमका सवारीलाई कार्यवाही स्वरुप ४८ घण्टासम्म नियन्त्रणमा राख्ने निर्णय गरे अनुरुप कार्यवाही गरिएको नगर प्रमुख एवं सेन्टरका संयोजक खड्ग फागोले बताए ।

कार्यवाहीको पहिलो दिन उर्लाबारी र मंगलबारे क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले लकडाउनको अवधीमा संचालनको अनुमति नलिएको चार दर्जन बढी सवारीका साधनहरु नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले बताएका छन ।
नगरपालिकाले मनिङ वर्क र इभिनिङ वल्क नगर्नसमेत सूचना जारी गरी कोरोना भाईरस नियन्त्रणको अभियानमा नगरपालिकालाई सहयोग पु¥याउन नगरबासी समक्ष अपिल गरेको छ ।