धनकुटाकी संक्रमित नर्स ९ गाडी यात्रुकाे स्वास्थ्य परीक्षणमा संलग्न थिइन

alt
  • जेठ ५, २०७७
  • ब्लाष्ट खबर

धरान  / कोरोना संक्रमणको पुष्टि भएकी जिल्ला अस्पताल धनकुटाकी नर्सले १५ दिन अघि काठमाडौबाट आएका ९ गाडी यात्रुहरुको स्वास्थ्य परीक्षणमा संलग्न भएको खुलेको छ ।
जिल्ला बाहिरबाट आएका करिव ४ सय ५० जनाको स्वास्थ्य परीक्षणमा ती नर्ससहितको टोली सहभागी रहेको पाइएको छ ।

यस्तै धनकुटाको हिले बजारमा निर्माण हुँदैं गरेको ढल निर्माणका लागि सिरहा र सप्तरीबाट आएका मजदुरहरुको स्वास्थ्य परीक्षणमा पनि उनी सहभागी थिइन ।

जिल्ला अस्पताल धनकुटामा प्रसुती विभागमा कार्यरत ती नर्सबाट प्रसुती गराएर हिजो मात्र दुर्ई जना विमारी डिस्चार्ज भएका थिए । यस्तै ४ जना हाल पनि जिल्ला अस्पतालमा उपचाररत छन् । ६ जनालाई उनले नै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेकी थिइन ।

नर्सलाई कोरोना संक्रमणको पुष्टि भए पछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ नम्बर वडालाई चार किल्ला तोकेर हजिै शिल गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार आकस्मिक रूपमा सुरक्षा प्रमुख तथा सरोकारवालाहरूसँग बैठक बस्दै अस्पताल क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो । उनीसँग उपचार गराएका र सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

निर्णय बमोजिम धनकुटा–७ को त्रिवेणी गेटबाट बसपार्क, जीरोपोइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हलसम्मलाई चार किल्ला तोकिएको छ । यस क्षेत्रमा आवातजावत पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

नेकपा किचलो यथावत, स ...

काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शी ...

उदयपुरका ४ फरार अभिय ...

उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आर ...

किसानको पीडा बुझिदेऊ ...

किसानको पीडा बुझिदेऊ सरकार अर्थतन्त्रको मेरुदण्ड कृषिप् ...

लकडाउनको अवधिमा घरभ ...

धरान /  लकडाउनको अवधिमा घरभाडा छुट दिने धरानका घरध ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved