Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • सरकारका दुई वर्ष : उत्पादन वृद्धिसँगै २० प्रतिशतले घट्यो काठको आयात

सरकारका दुई वर्ष : उत्पादन वृद्धिसँगै २० प्रतिशतले घट्यो काठको आयात

alt
  • फागुन ३, २०७६
  • भीष्मराज ओझा
 
 वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार कार्ययोजना, २०७५’ अनुसार काठको उत्पादन वृद्धि गरेपछि काठको आयातमा केही कमी आएको हो ।
वनमन्त्री शक्तिबहादुर बस्नेतले पद सम्हालेलगत्तै काठको माग र आपूर्तिबीचको खाडल पूर्ति गर्न वन व्यवस्थापन तथा उपयोग कार्यक्रमअन्तर्गत विभिन्न योजना अघि सार्नुभएको थियो । सोही कार्ययोजनाअनुसार वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ थप उत्पादन गर्ने, निजी वनबाट हुने वन पैदावारको उत्पादनमा अभिवृद्धि गर्नेलगायतका कार्य कार्यान्वयनको चरणमा छन् । काठको उत्पादनमा भएको वृद्धिसँगै काठको माग र आपूर्तिबीचको सन्तुलन नजिक पुगेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा विभिन्न मुलुकबाट नौ लाख ७५ हजार क्युफिट काठ आयात भएकामा आव २०७५/७६ मा सात लाख ८६ हजार क्युफिट आयात भएको थियो । मन्त्रालयले वर्तमान सरकार गठनपश्चात गत आवको अन्तसम्ममा वन तथा वातावरण क्षेत्रमा विभिन्न उपलब्धि हासिल भएको जनाएको छ । सो अवधिमा काठको उत्पादन जम्मा दुई करोड ९९ लाख क्युफिट उत्पादन गरिएको र तीन करोड एक लाख नयाँ बिरुवा उत्पादन गरेको तथ्याङ्ंक मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका सुधार कार्ययोजनाले यस अवधिमा सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन केही हदसम्म योगदान प्रदान गरेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा २०७४ साल फागुन ३ गते वर्तमान सरकारको नेतृत्व लिनुभएको थियो । समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प अघि सार्नुभएका प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारको रुपमा वन क्षेत्रलाई पनि लिएर यसको विकास विस्तारमा जोड दिँदै आएका छन । 
यसअघि मुलुकभित्र आवश्यकताअनुसार काठको उत्पादन र वितरण हुन नसक्दा वर्षेनी विभिन्न मुलुकबाट अर्बौं मूल्य बराबरका काठ तथा काठजन्य सामग्री आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट नेपालमा काठका गोलिया, चिरान, प्लाई, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात हुने गरेको छ । मन्त्रालयले काठ चिरान र वितरणमा थप सहजता ल्याउन दि टिम्बर कर्पोरेशन अफ नेपाल र वन पैदावार समितिलाई गाभेर ‘नेपाल वन निगम’ स्थापना गरेको छ । साथै निजी वनबाट उत्पादित हुने काठको कटानी, ओसारपसार र बिक्री वितरणलाई सहज तुल्याउन कानूनलाई सरल बनाएको प्रवक्ता ढुङ्गानाले जानकारी दिए । मुलुुकको झण्डै ६० लाख हेक्टर राष्ट्रिय वनमध्ये एक तिहाइलाई मात्र दिगो वन व्यवस्थापनमा लैजाँदा हालको करिब डेढ करोड क्युफिट प्रतिवर्ष काठको उत्पादनलाई बढाएर प्रतिवर्ष १० करोड क्युफिटभन्दा बढी पु¥याउन सकिने अध्ययनले देखाएको छ ।
संरक्षित क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि पछिल्लो समय नेपालका संरक्षित क्षेत्रमा घुम्ने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । उक्त अवधिमा जम्मा नौ लाख ६३ हजार २६३ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका छन् भने त्यसमध्ये बाह्य पर्यटकको सङ्ख्या पाँच लाख ८३ हजार ५८ रहेको छ । त्यस्तै वनस्पति उद्यान र सदर चिडियाखानामा गरी २१ लाख ५० हजार आगन्तुकको सङ्ख्या रहेको मन्त्रालयले जनाएको छ ।
मुलुकको कूल क्षेत्रफलको २३.३९ प्रतिशत संरक्षित क्षेत्रले ओगटेको छ । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढीले संरक्षित क्षेत्र र सामुदायिक वनमा भ्रमण गर्ने गरेको पाइएको छ । नेपालमा हालसम्म १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापनका कार्य सञ्चालन हुँदै आएका छन् । यसैगरी विसं २०७१ मा बाघको सङ्ख्या १९८ रहेकोमा २०७५ सालमा २३५ हुन पुगेको छ । सरकार गठनयताको अवधिमा विकास निर्माणका ८९ आयोजनालाई कूल ७७५.३ हेक्टर वनक्षेत्र उपलब्ध गराइएको र सन् २०२३ सम्ममा करिब रु पाँच अर्ब बराबरको कार्बन व्यापारवाट आम्दानी हुने गरी मन्त्रालयले तयारी गरेको जनाएको छ । विकास निर्माणका आयोजनाको ६३ वातावरणीय प्रभाव मूल्याङ्कन र १२३ कार्यसूची स्वीकृत गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका आव २०७५÷०७६ मा पाँच हजार ६७ घटनाका लागि रु आठ करोड ९० लाख राहत वितरण गरिएको छ भने ११५.२३ किमी विद्युतीय तारबार निर्माण र ४५ किमी मर्मत गरिएको छ । गत आवमा ५८३ हेक्टर घाँसे मैदान व्यवस्थापन, रु तीन अर्ब ८६ करोड राजश्व सङ्कलन गरिएको, मन्त्रालयअन्तर्गतका विभिन्न कोष, समिति, संस्थानबाट रु एक अर्ब ३८ करोड आम्दानी भएको, एक करोड ९६ लाख ८० हजार श्रमदिन (७६,८७५ पूर्ण रोजगारी) बराबरको रोजगारी सृजना गरिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा एक हजार ५१० वनमा आधारित लघु तथा साना उद्योग स्थापना गरिएको छ ।
वर्तमान सरकार गठनयता राष्ट्रिय वन नीति, २०७५, राष्ट्रिय वातावरण नीति २०७६, राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, स्वीकृत गरिएको छ । वन ऐन २०४९, साइटिस ऐन, २०७३, वातावरण संरक्षण ऐनको २०५३ को संशोधन गरिएको भने चार निर्देशिका परिमार्जन, चार नयाँ कार्यविधि स्वीकृत गरिएको प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो । मन्त्रालयले यस अवधिमा दुई हजार ३४४ हेक्टरभन्दा बढी जमिनको वन अतिक्रमण हटाई वनको पुनःस्थापना गरेको जनाएको छ । पछिल्लो वन सर्वेक्षणअनुसार वन र बुट्यान क्षेत्र गरी नेपालमा ६६ लाख १० हजार हेक्टर वन क्षेत्र (मुलुकको कूल भू–भागको ४४.७४ प्रतिशत) रहेको छ ।
सम्बन्धित समाचार
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड

नगरभित्रका आठ वटा वडाका पक्की कार्यालय निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइ ...

८० लाख अपचलन प्रकरणः प्रअ तिम्सिना पदमुक्त

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१४ स्थित शान्ति सिर्जना माध्यमिक विद् ...

‘निमकरोली बाबाको मन्दिर’ का विषयमा नगर प्रमुख रक्षात्मक

सुनसरी । रामधुनी मन्दिर परिसरमा निर्माणका लागि शिलान्यास भएको ‘निमकरोली बाब ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
८० लाख अपचलन प्रकरणः प्रअ तिम्सिना पदमुक्त
‘निमकरोली बाबाको मन्दिर’ का विषयमा नगर प्रमुख रक्षात्मक
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
गोदाममै थन्कियो करोडौँको स्वास्थ्य उपकरण
माया घरलाई विद्युतीय रिक्सा सहयोग
घोषणामै सीमित नहोस् प्रदेशको नीति तथा कार्यक्रम
आजको राशिफलः २०८२ साल जेठ ७ गते बुधबार
तेस्रो मुलुकबाट नेपाल भित्रिएका तीन कन्टेनर नियन्त्रणमा
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
मोटरसाइकल चोरीमा तीन दाजुभाइको संलग्नता
विकासोन्मुख हुँदा नेपाललाई फाइदा कि घाटा !
आजको राशिफलः २०८२ साल जेठ ६ गते मङ्गलबार
आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु:प्रधानमन्त्री
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved