श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ ६ गते मङ्गलबार, २० मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि २४ः४८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र धनिष्ठा १५ः४९ बजेसम्म, उप्रान्त  शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१४ बजे  र सूर्यास्त ०६ः४८बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
 व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।मिहिनेत गरे कीर्तिमानी काम बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्शाएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। गोपनीयतामा ध्यान पु¥याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लक्ष्यअनुसारको उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।मनोरञ्जनपूर्ण समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् ।