श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि. सं. २०८२ साल जेठ ७ गते बुधबार, २१ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको नवमी तिथि २२ः४९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र शतभिषा १५ः४९ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवाकाङ्क्षाले लक्ष्यमा पु¥याउन सक्छ।कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । आहार–विहारमा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गोप्य रहस्य पत्ता लाग्नेछ । मिहिनेत गर्दा नसोचेको धनलाभ हुनसक्छ । अप्ठ्यारोमा पनि केही काम बन्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।