Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • 'प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार'

'प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार' प्रदेश नं १ को आठ दशमलव ८४ प्रतिशत भ्रष्टाचार

alt
  • पुस २८, २०७६
  • रासस
 
काठमाडाै‌ / बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ ।
यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरकारी निकायसमेत यही प्रदेशमा भएकाले पनि भ्रष्टाचारजन्य गतिविधि र उजुरी सङ्ख्याका आधारमा प्रदेश नं ३ पनि उच्च स्थानमा रहेको हो । सो प्रदेशमा कूल २१ दशमलव १६ प्रतिशत उजुरीको सङ्ख्या रहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा भौगोलिक आधारमा प्रदेश नं १ को आठ दशमलव ८४ प्रतिशत, गण्डकी प्रदेशको छ दशमलव ०७ प्रतिशत, प्रदेश नं ५ को १० दशमलव ९३ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको पाँच दशमलव २३ रहेको छ । त्यस्तै सुदूरपश्चिमको सात दशमलव ४० प्रतिशत रहेको छ । बाँकी रहेको १८ दशमलव ८५ प्रतिशत उजुरी गैरकानूनी सम्पत्ति आर्जन एवं नक्कली प्रमाणपत्रको रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
६५३ लाई कारवाही
राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएपछि आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कोइरालाले आव २०७५/७६ मा विस्तृत अनुसन्धानबाट ६५३ कारवाही भएका बताए । त्यसमा मुद्दा दर्ता गरिएका ३५१, सम्बद्ध निकायलाई सुझाव दिएका १०५, विभिन्न कारवाहीका लागि लेखी पठाइएका ४६, तामेलीमा राखिएका १३७ र मुल्तबीमा राखिएका १० तथा अन्य चार उजुरी रहेका छन् । भ्रष्टाचार हुने सूचीमा सङ्घीय मामिला शीर्ष स्थानमा आयोगको प्रतिवेदनअनुसार भ्रष्टाचार हुने सूचीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्ष स्थानमा रहेको छ । सो मन्त्रालयसँग सम्बन्धित २६ दशमलव ८७ प्रतिशत उजुरी परेका छन् । यस्तै शिक्षा १६ दशमलव ९५, भूमिसुधार आठ दशमलव ३४, वन तथा वातावरण चार दशमलव ६०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तीन दशमलव ९८, गृह प्रशासन तीन दशमलव ५४, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था तीन दशमलव ४२, ऊर्जा, जलस्रोत तथा सिँचाइ दुई दशमलव ६२, अर्थ दुई दशमलव ३३, नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र आठ दशमलव ५३, गैरकानून सम्पत्ति आर्जन सात दशमलव ६१ र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित उजुरी ११ दशमलव ५२ प्रतिशत रहेका छन् । आव २०७५/७६ मा आयोगमा कूल २४ हजार ८५ उजुरी परेका थिए । त्यसमा सात हजार ८८ उजुरी आव २०७४/७५ बाट सरेर आएका थिए । फछ्र्यौट गरिएका १५ हजार ५२७ उजुरीमध्ये छ हजार ४७ उजुरी प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको छ ।
३५१ मुद्दा विशेष अदालतमा दर्ता
त्यस्तै ५९० उजुरी सुझावसहित तामेलीमा पठाइएको छ । फछ्र्यौट भएका उजुरीमध्ये ८८१ उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ भने आठ हजार नौ उजुरीमाथि अन्य कारवाही भएका छन् । आव २०७५/७६ मा ६५३ उजुरीमाथि कारवाही भएका छन् । आयोगको २९ वर्षे इतिहासमा सोही आवमा सबैभन्दा बढी अर्थात् ३५१ मुद्दा विशेष अदालतमा दर्ता गरिएका छन् । त्यसमा घुस लिएका १४७, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ८८, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी ३९, गैरकानूनी लाभ ३३, राजश्व हिनामिना १०, गैरकानूनी सम्पत्ति आर्जन १२ र अन्य विषयमा २२ मुद्दा रहेका छन् । चार अर्बको माग दाबी आयोगले आव २०७५/७६ मा विशेष अदालतमा दायर भएका ३५१ मुद्दामा ८९४ लाई प्रतिवादी बनाइएको छ । त्यसबापत रु चार अर्ब पाँच करोड ३७ लाख ६३ हजार ८८ बराबरको बिगो माग दाबी गरिएको छ । प्रतिवादी बनाइएकामध्ये अधिकृत तहका कर्मचारी २५६, सहायक, सहयोगी कर्मचारी ३८४, निर्वाचित एवं मनोनित पदाधिकारी ९५, विचौलिया १५९ रहेका छन् ।
राष्ट्रसेवक कर्मचारीको तलबमान बढाउन सुझाव
राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएका कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ । विद्यमान निर्वाचन प्रणालीले भ्रष्टाचार बढायो आयोगले विद्यमान निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको निष्कर्ष निकाल्दै त्यसमा सुधारको आवश्यकता औँल्याएको छ ।
खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक
खर्चिलो निर्वाचन प्रणालीका कारण निर्वाचनपश्चात् महङ्गी बढ्नुका साथै भ्रष्टाचारसमेत बढ्नसक्ने तथ्य औँल्याइएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक रहेको छ । निर्वाचनका प्रमुख सरोकारवाला संस्था, राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारले प्राप्त गर्ने चन्दा र अन्य आय बैंकिङ प्रणालीबाट मात्र लिने व्यवस्था मिलाई आयव्यय बैंकिङ प्रणालीमा आवद्ध गरी पारदर्शिता कामय गर्नुपर्ने आयोगको सुझाव छ । यस्तै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको आयोगको ठहर छ । सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो । मूल्य वृद्धि तथा खर्चभन्दा आम्दानी कम भएका कारण राष्ट्रसेवक कर्मचारीले घुस लिने गरेका भन्दै तलबमानमा वृद्धि भए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने आयोगको ठहर छ ।
  • भ्रष्टाचार
सम्बन्धित समाचार
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतम घरबाट खे ...

धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित गौरीखोला नजिकको धरान–चतरा पक्की ...

आईजीपी कार्कीका अवसर र चुनौतीहरू

नेपाल प्रहरीको ३३औँ आइजिपीका रुपमा दानबहादुर कार्कीको नियुक्तिले प्रहरी सङ् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved