धरान/ बलिउड स्टार ज्याकी श्राफको शिरमा नेपाली टोपी लगाएको तस्बिर सार्वजनिक भएसँगै नयाँ चर्चा शुरु भएको छ ।

नेपालीमूलकी बलिउड नायिका मनिषा कोइरालाको साथमा देखिएका नायक श्राफले टोपी पहिरिएका छन् । हालै सामाजिक सञ्चालमार्फत् उनको तस्बिर सार्वजनिक भएको छ ।

यो तस्बिर भने मनिषाले सार्वजनिक गरेकी हुन् । मनिषाले क्यान्सरबाट मुक्त भएपछि उक्त टोपी ज्याकीलाई उपहार स्वरूप प्रदान गरेकी थिइन् । तर, यो टोपीबाट कुनै समयको बलिउड फिल्मको तस्बिर रहेको हो कि भनी शङ्का गर्ने ठाउँ पनि रहेको छ ।