ब्लाष्टखबर । कासिम सुलेमानीको मृत्यु पछि इरान र अमेरीकाको रणनिती मात्र हैन, मृत्युले मध्य पूर्वमा बढेको तनाब र त्यसले विश्वलाई चपेटमा ल्याउन सक्ने अवस्था भएपछि यो अवसथा कति लामो चल्छ अथवा अब के हुन्छ भनेर विश्वले हेरिरहेको छ ।

इरानले बुधबार इराकमा अमेरिकी सेनाको दुईवटा अड्डामा २२ प्रक्षेपण गरेको थियो र ८० जना अमेरीकी सैनीकको मृत्यु भएको दाबी गरेको थियो । यद्यपि अमेरिकाले आक्रमणबाट आफ्नै एक सैनीकको पनि मृत्यु नभएको जनाएको छ भने अमेरीकी राष्ट्रपती डोनाल्ड ट्रमले ह्वाइटहाउसबाट एक भिडियो सन्देस जारी गर्दाै इरानको मिसायल आक्रमणबाटकुनैपनि मानविय क्षती नभएको, इराकमा भएका अमेरीकी सेनाको क्याम्पमा इरानले आक्रमण गरेर इरान झन तल परेको टिप्पणी गरेका छन् । तर, इरानको यो हमला सुलेमानीको मृत्युको बदलाको रूपमा लिइएको छ ।

इरानले यस अपरेशनलाई शहीद सुलेमानीको नाम दिए । जनवरी ३ मा अमेरिकाले इरानको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति सुलेमानीलाई ड्रोन हमलामा मारेको थियो । आफ्नो सैन कमाण्डरको मृत्यु संगै बदलाको आगोले जलेको इरानले सुलेमानीको शवलाई पाँच दिनसम्म अन्तीम संस्कार गरेको थिएन् ।

इरान र अमेरीकाको यो तानबले पुरै मध्य पूर्वलाई असर परेको त छनै, यदी युद्ध बढ्दै गए पुरै विश्वलाई यसले प्रभाव पर्न सक्ने आकलन गरीएको छ ।

इरान दोस्रो सबैभन्दा शक्तिशाली मानिस

इरानको सबैभन्दा शक्तिशाली र सर्वोच्च धार्मिक नेता अयातुल्ला खमानिई पछि इरानको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिलाइ थिए जनरल कासिम सुलेमानी । उनीसँग इरानका राष्ट्रपति हसन रुहानी भन्दा बढी अधिकार रहेको विश्वास गरिन्छ ।

जनरल सुलेमानी कुदस फोर्स नाम गरेको सैन संगठनका प्रमुख थिए जुन संगठनले विदेशमा रहेर इरानी सेनाको रूपमा काम गर्दछ । जसले विभिन्न देशहरूमा ईरानी हितका अनुसार अरूसँगै कसैलाई साथ दिने वा विरोध गर्दछ । जसले इरानमा परराष्ट्रमन्त्री भएपनि इरानको विदेश मन्त्रालयको भुमीका पनि कुद्स फोर्सका प्रमुख सुलेमानीले नै निर्वाह गर्ने गरेको बताउछन् ।

इरानका शत्रु नाशक

संसारका जुनकुनै कुनामा रहेका इरानका दुश्मनहरुलाई मेटाउने सक्ने इरनका शत्रु नासकको रपमा परिचत थिए सुलेमानी । उनलाई इरानको ढलका रुपमा मान्दथे त्यहाँका जनता नेताले । इरानमा माथी उठ्नजुनसुकै शक्तिलाई नामेट पार्न खुफिया अपरेशनहरु सफलतापूर्वक गर्थे ।

सुलेमानिको बदलालिन गरीएको मिसायल आक्रमण पछि सर्वोच्च धार्मिक नेता अयातुल्ला खमेनिइले सुलेमानी एकलैको तागत र सामथ्र्यले अमेरीकाका इरान लक्षीत एजेण्डहरुलाई मारेको बताएका थिए ।

ट्रम्पलाई चुनौती

कासिम सुलेमानी अमेरिकालाई खुला चुनौती दिन सक्ने मानिसकोरुपमा परिचत थिए । सन २०१८ मा सुलेमानीले ट्रमलाई चुनैतिदीदै भनेका थिए ‘ मिस्टर, ट्रम्प म तपाईंलाई एउटा कुरा भन्न चाहन्छु ...हामी तपाईंको कतिनजीक छौं तपाइलाईं थाहाँ छैन....हामी तपाईंको धेरै नजिक छौं ... हो .. तपाइले कल्पना गर्न पनि सक्नुहुन्न..... हामी शहीदहरूको देशबाट आएका छाैं ।

.... हामी इमाम हुसेनको देशबाट आएका छौं ....सबैलाई सोध्नुहास्.... हामीले धेरै कठिनाइहरू देख्यौं ... आउनुहोस्, हामी तपाईंको लागि पर्खिरहेका छौ... हामी यथार्थमा बाँचिरहेका छौ... जहाँसम्म तपाइँ चिन्तित हुनुहुन्छ, तपाइँलाई थाहा छ कि युद्धले सबै कुराको अन्त्य गर्दछ । तपाईंले निश्चित रूपमा युद्ध सुरु गर्नुहुनेछ तर हामी यसलाई समाप्त गर्नेछौं ।

त्यसो भए इरानलाई चिढाउनु हुन्न् । त्यसकारण हाम्रो राष्ट्रपतिलाई रिस नउठाउनुहोस् ।

अमेरिकाको एजेण्डा पुरा हुन पाएन

कासिम सुलेमानी यतिसम्म शक्तिसाली थिएकी जब सिरियामा राष्ट्रपति बशर अल–असादको बिरूद्ध विद्रोहको सुरुभएको थियो त्यसलाई अन्त गर्न सुलेमानीले सिरियाली राष्ट्रपतिलाई सहयोग गरेका थिए ।

अमेरिकाले सिरियालाई आतङ्कबादी देशको सावित गर्ने कोशिश गरीरहेको बेला सुलेमानीको सहयोमा अमेरीकाको सीरियामाथीको त्यो एजेण्डा बिफल भएको थियो ।

इरकमा सन्सारकै सबैभन्दा खतरनाक आतङकबादी संगठन आई एस बलियो बन्दै गइरहेको अबस्थामा कासिम सुलेमानीले त्यसको अन्तकालागी महत्वपूण भुमिका निर्वाह गरेका थिए । सुलेमानीकै ताकत को परिणाम स्वरुप इरान लेबनान सम्म आफ्नो प्रभाव फैलाउन सफल भएका थिए । लेबनानमा सुलेमानीले हिजबुल्लाको माध्यमबाट आफ्नो प्रभाव पार्न सफल भएका थिए ।

अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व अधिकृत जोन मैग्वायरले ६ वर्ष पहिले अमेरिकी पत्रिकालाई भनेका थिए कि जनरल सुलेमानी पश्चिम एसियामा अभियान चलाउने सबैभन्दा शक्तिशाली व्यक्ति हुन र इरानले पश्चिम एशियामा निरन्तर बलियो बनाएकोले अमेरिकालाई ढकढक्याउँदैछ ।

निशानामा सुलेमानी

कासिम सुलेमानी लामो समयदेखि अमेरिकाको निशानामा थिए । २३ अक्टुबर २०१८मा साउदी अरेबिया र बहरेनले इरानको रिवल्युशनरी गार्डलाई आतङ्कबादी र कद्स फोर्स प्रमुखसुलेमानीलाई आतङ्की घोषणा गरेका थिए । त्यसबेला देखीनै सुलेमानी अमेरीका, इजराइल र साउदीको निसानीमा थिए ।

सुलेमानीलाई मार्न धेरै प्रयासहरु भएको थिए । अक्टोबर २०१९मा इजराइल र अरबका सुफिया एजेन्सीहरुले सुलेमानीलाई मार्ने षडयंत्रको पर्दाफास भएको भन्ने समाचार छापिएको थियो ।