दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै

alt तस्बिर गुगल
  • पुष २२, २०७६
  • ९४ पटक पढिएको
  • रासस

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन । नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् (युएई)मा आयोजना गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उनले बताए । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरे । अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित थिए ।

अपडेटः फरार भएका लर् ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थि ...

लिम्बू पत्रकारमा कुश ...

धरान/ लिम्बू पत्रकार सङ्घ सुनसरीको तेस्रो अधिवेशनबाट कु ...

मोरङमा कलेजको बस पल् ...

 विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका &ndas ...

झापाका सीमा नाकामा क ...

भद्रपुर/ जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय चोरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved