विजयपुर । नेपाली कांग्रेसको धरान उपमहानगरपालिका सभापतिमा नरेन्द्रकुमार राई ‘प्रविण’ चयन भएका छन् ।
बुधबार सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धरान उपमहानगरपालिकाको अधिवेशनबाट राई निर्विरोध सभापतिमा चयन भएका हुन् । निर्वाचन अधिकृत विष्णु बरालका अनुसार उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला श्रेष्ठ वज्राचार्य, सचिवमा सागर प्रसाईं र सहसचिवमा किरण आचार्य चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा दिभा श्रेष्ठ, श्याम गुरुङ, सबिता तामाङ, ज्वाला तुलाधर, शोभा बराइली, इन्दिरा मादेन लिम्बू, अमरबहादुर बानियाँ, वीरबहादुर कार्की, सञ्जु कुँवर कटवाल र कविता श्रेष्ठ चयन भएका छन् ।यसैगरी सुमिर बज्रन, पासाङ डोल्मा गुरुङ, सुकन राई, विन्दु अधिकारी, तुलसीप्रसाद श्रेष्ठ र दिनेश लिम्बू सदस्यमा चयन भएका छन् ।
प्रविण अग्रवाल, सरिता न्यौपाने, उज्ज्वल कुमार श्रेष्ठ, उद्धवप्रसाद अधिकारी, हिरादेवी गुरुङ राई, देवेन्द्र दाहाल, शिरवा चेम्जोङ लिम्बू र जुगल कुमार चौधरी पनि सदस्यमा चयन भएका छन् । त्यस्तै, खान्नुमा राई, राजु श्रेष्ठ, निर्मला राई, विवेक शंकर, जेनिशा राई र रमेश मगर चयन भएका छन् । शिखर राई, सुमित्रा कालिकोटे र एकराज शंकर पनि सदस्यमा चयन भएका छन् ।
निर्वाचन अधिकृत बरालका अनुसार सबै पदमा सर्वसम्मत सहमति जुटेपछि प्रतिस्पर्धाबिनै निर्वाचन प्रक्रिया सम्पन्न भएको हो ।