एजेन्सी/ हालैमात्र नेपाल आएर फर्केकी दिग्गज गायिका आशा भोसलेले केही वर्षदेखि बलिउडको सङ्गीतबाट टाढिनुको कारणबारे बताएकी छन् ।

उनले भनेकी छन्, ‘बलिउड सङ्गीतबाट टाढिनुको कारण अरू केही नभएर घटिया सङ्गीतको सुर र गाउनै लाजलाग्दो गीतको शब्द हो ।’ ६० वर्षसम्मको साङ्गीतिक यात्रामा उनले ‘मेरी झोपडी जल गई’ जस्ता दुई अर्थी गीत गाउन नसक्ने बताइन् । भारतीय सङ्गीतमा उच्च सम्मान पाइसकेकी आशा भोसलेले आजकलको सङ्गीत र गीत आफ्नो लागि नबनिरहेको पनि बताएकी छन् ।

यस्ता गीत महिलाको लागि उचित नभएको पनि बताइन् । उनले कुनै राम्रो गीत पाएमा गाउने इच्छा रहेको तर ‘शिलाकी जवानी, ‘फेविकोल से’ जस्ता गीत वास्तवमा गीत नै नभएको पनि बताइन् । ८६ वर्षीया उनले चर्चा, प्रसिद्धी र पैसाका लागि जे पायो, त्यही गीत नगाउने पनि बताइन् ।