धरान/ एनसेल प्रालिले देशका ६ वटा शहरहरूमा एनसेल मेला गर्ने भएको छ ।

एनसेलले इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, धनगढी र बुटवलमा मेला आयोजना गर्ने भएको बुधबार जानकारी दिइयो । मेला ‘आज, भोलि, सधैंसँगै’ को नारा अनुरूप आयोजना गर्न लागको हो ।

मेलामा कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति, किड्स जोन, गेम स्टलहरू र फुड स्टलहरूसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू रहने जनाएको छ । एनसेल मेलाको शुरुवात मङ्सिर २८ गते इटहरीको जनता मावि परिसरबाट शुरु हुँदै छ । मङ्सिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदानमा हुने जनाएको छ ।

गीत–सङ्गीत, किड्स जोन, डिजिटल जोनदेखि विभिन्न फिजिकल एक्टिभिटी बुथहरू, स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक अफर र उपहारहरू यस मेलामा समावेश गरिएका छन् ।

मेलामा गायकहरू दीपक वज्राचार्य र रिदम ब्याण्ड, आशिष राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसार्इं, कलाकार प्रियङ्का कार्कीले आफ्नो प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगञ्ज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुति रहनेछ । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।