सन् २०१८ मा बलिउडका धेरै सेलिब्रेटीहरू विवाह बन्धनमा बाँधिए । जसमा दीपिकादेखि प्रियङ्कासम्म परे । जसले अमेरिकी गायक निक जोनससँग विहे गरिन् ।
हालै राखी सावन्तले पनि गुपचुपमा आफ्ना फ्यानसँग विहे गरेकी छन् ।

त्यो विहे सेलाउन नपाउँदै बलिउडका अर्का सेलिब्रेटी आदित्य राय कपुर पनि विवाह बन्धनमा बाँधिने खबर बाहिरिएको छ । लामो समयदेखि मोडल दिवा धवनसँगको प्रेमचर्चामा रहेका उनीहरूको जोडी चाँडै नै विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको हो ।

केही दिनमै उनीहरूबीच औंठी साटासाट गर्ने कार्यक्रम हुने बताइएको छ । सन् २०२० मा विहे गर्ने सोचमा रहेका उनीहरूको चाँडै नै इन्गेजमेण्ट हुन लागेको छ । केही समयअघि आदित्यले करण जौहरको कार्यक्रममा दिवा आफ्नो मिल्ने साथीमात्रै रहेको बताएका थिए । अमेरिकामा जन्मिएकी दिवा यतिबेला अमेरिकाकै फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक सकेकी छन् ।

यतिखेर उनी आफ्नो करिअर बनाउनका लागि भारत आइपुगेकी छन् ।