भोजपुर / जिल्लाको रामप्रसादराई गाउँपालिकामा रहेको एनसेल टावरमा आगजानी भएको छ । गाउँपालिकाको वडा नं. १ आख्रे स्थित डाडाखर्कमा रहेको एनसेल टावरमा गए राती आगजानी भएको हो । अज्ञात समूहले एनसेलको टावरमा रहेको ६ वटा सोलरको प्यानल तोडफोड गर्नुका साथै एक थान इन्जिन र टावर संग जोडिएका तार समेत जलाएको स्थानिय निर्माण किरातीले बताए ।
‘विहान हामी घट्ना स्थल पुग्दा टावर सञ्चालनका लागी राखिएका सोलार सेट फुटेका अवस्थामा थिए , इन्जिन र टावर संग जोडिएका तार समेत जलेको देख्यौ ।’–किरातीले भने ।
यता जिल्ला प्रहरी कार्यालय भोजपुरले टावर जलाईएको सुचना आएको जनाएको छ । तोडफोड तथा आगजानी भएकोे सूचनापछि प्रहरी घटना स्थल तर्फ गएको प्रहरी इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताए । टावरमा तोडफोडसंगै आगजनी भए पछि स्थानियले प्रहरीलाई आज विहान खबर गरेको वडा अध्यक्ष सहदेव राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार १५ ओटा सोलार पाता मध्ये ६ वटा पेट्रोल छर्केर पूर्ण रुपमा जलाएइको छ । अध्यक्ष राईलेर्–डाँडाखर्कमा रहेको एनसेलको टावरमा आजगनी भएको छ, आगजनीबाट मेसिन, व्याट्री, सोलार तथा अन्य उपकरण पूर्णरुपमा ध्वस्त भएका छन् ।’ घटना पछी जिल्लाको सुरक्षा सतर्कता समेत बढाईएको छ ।