धरान / हिजो राती आफ्नै कार्यालयमा आक्रमणमा परेका सञ्चारकर्मी दिलबहादुर राईले आक्रमण गर्नेलाई कारवाहीको माग गदैं प्रहरीमा उजुरी दिएका छन् ।
उनीमाथि पनि मंगलबार राती डिबिआर अनलाइन टिभी च्यानलको कार्यालयमा नै आक्रमण भएको थियो ।
घाइते राईको टाउकोमा ६ वटा टाँका लागेको छ । उनलाई फुर्वा शेर्पाले ढुङ्गा प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालयका डिएसपी ढुन्डीराज न्यौपानेका अनुसार ती शेर्पा आफ्नो साथी छिरे जस्तो लागेर कायाृलयमा छिरेको र विवाद भए पछि ढुंगाले हानेको बयान दिएका थिए ।
सञ्चारकर्मी राईले सुरक्षाको माग गदैं अभद्र व्यवहारको मुद्दामा जाहेरी दिएको डिएसपी न्यौपानेले जानकारी दिए । घट्नाबारे नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको नेतृत्वमा पत्रकारहरुको टोली इलाका प्रहरी कार्यालय पुगेको थियो । सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कडा कारबाही गर्न महासंघले आग्रह गरेको छ ।